लायन्स क्लब ईन्टरनेसनल डिष्ट्रिक्ट बि २ को गभर्नरमा रामप्रसाद भट्ट निर्वाचित

सफल खबर संवाददाता

सोमबार, ३० चैत्र २०७७, १० : ४२
लायन्स क्लब ईन्टरनेसनल डिष्ट्रिक्ट बि २ को गभर्नरमा रामप्रसाद भट्ट निर्वाचित

 हेटौंडा । लायन्स क्लब इन्टरनेसनलको डिष्ट्रिक्ट गभर्नरमा रामप्रसाद भट्ट निर्वाचित भएका छन् । आइतबार हेटौंडामा भएको लायन्स क्लब्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ बि २ नेपालको नवौं अधिबेशनबाट डिष्ट्रिक्ट गभर्नरमा राम प्रसाद भट्ट निर्वाचित भएका हुन् ।

 अधिबेशनले आइ डि इन्डोर्सीमा रमेश कुमार अग्रवाललाई चयन गरेको छ । त्यस्तै प्रथम भाईस डिष्ट्रिक्ट गभर्नरमा लायन सि बि चन्द र द्वित्तीय भाईस डिष्ट्रिक्ट गभर्नरमा नवराज न्यौपाने निर्वाचित भएका छन् भने क्याबिनेट सेक्रेटरीमा लायन प्रभाकर पण्डित, क्याबिनेट ट्रेजररमा नारायण प्रसाद शर्मा चिफ एडभाईजरमा लायन उमङ्ग देवकोटा र एरिया चिफ कोअर्डिनेटरहरुमा तारामान धामी, बाशु तिमिल्सिना, बालगोपाल चुके, जीवन गौतम, टेकेन कडेल, होमनाथ अधिकारी र राजेशभाट रहेका छन् ।

प्रतिक्रिया दिनुहोस