सन् २०२५ सम्ममा नेपालभर प्रदेशस्तरीय १२ प्रयोगशाला सुढृढीकरण गरिने

सफल खबर संवाददाता

आइतबार, २९ चैत्र २०७७, १५ : ४६
सन् २०२५ सम्ममा नेपालभर प्रदेशस्तरीय १२ प्रयोगशाला सुढृढीकरण गरिने

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सन् २०२५ सम्ममा नेपालभर प्रदेशस्तरीय १२ प्रयोगशाला सुढृढीकरणको गर्ने उद्देश्य लिएको छ । खाद्य सुरक्षा तथा स्वच्छताको सन्र्दभमा प्रयोगशालाको महत्व विशेष रुपमा हुने कारण हाल विध्यमान् प्रयोगशालालाई परिश्कृत तथा सुधार गर्दै अघि बढाउन विभागले सन् २०१२ देखि प्रयोगशाला सुढृढीकरणमा लागि परेको छ ।

नेपालमा हाल करिब १२ खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयहरू रहेका छन् । काँकढभिट्टा, रानी, जलेश्वर, त्रिभुवन विमानस्थल, तातोपानी, रसुवा, वीरगंज, भैरहवा, कृष्णनगर, नेपालगञ्ज, धनगढी र कञ्चनपुर गरी १२ वटा स्थानमा आयतित तथा नेपालमै उत्पादित खाद्यवस्तुको चेकजाँच तथा प्रमाणिकरण हुने गर्छ ।

खाद्य तथा गुण नियन्त्रण कार्यलय जनकपुरका प्रमुख विजय खनालका अनुसार, नेपालमा हालसम्म परम्परागत खाद्य चेकजाँच भइरहेको छ । जस अन्र्तगत खाद्यको गुणस्तर कस्तो छ, के कस्ता मिसावट भएका छन्, उक्त पक्षको मात्र चेकजाँच भइरहेको छ ।

सुढृढिकरण गरिएको प्रयोगशालामा मिसावटसँगै अबको लागि खानका स्वच्छतामा पनि ध्यान दिइनेछ उनी बताउँछन् । अर्थात, खाद्यको सुरक्षा कुनै बजार तथा थालीमा पुगे पछि होइन कि, ‘आली’ यानिकी खेतीको चरणदेखि के कस्ता देखि नै विषादीको प्रयोग भएका छन् वा छैनन् भन्ने चेकजाँच हुनेछ ।

प्रतिक्रिया दिनुहोस