सडेगलेको अवस्थामा युवतीको शव फेला

सफल खबर संवाददाता

आइतबार, २९ चैत्र २०७७, १३ : ३६
सडेगलेको अवस्थामा युवतीको शव फेला

रुपन्देही । रुपन्देहीको जंगलमा एक युवतीको शव फेला परेको छ । बुटवलको  गोलपार्क नजिकको जङ्गलमा  सडेगलेको  अवस्थामा  शव  फेला  परेको हो । 

केही  दिन अघि  केबुलकार  शिलान्यास गरिएको  बाटोको  छेउ  नालीमा जिन्सको  पाइन्ट  लगाएकी  अन्दाजी २५  देखि  ३०  वर्ष  उमेरकी ती महिलाको  शव  फेला  परेको  प्रहरीले जनाएको छ । 

महिलाको अहिलेसम्म  सनाखत  हुन  नसकेको  ईलाका प्रहरी  कार्यालय  बुटवलका  प्रमुख   प्रतीत सिंह राठौरले जानकारी  दिए  । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस