चितवनको रामपुरमा म्याजिक गाडी दुर्घटना, दुई जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, २९ चैत्र २०७७, ११ : १०
चितवनको रामपुरमा म्याजिक गाडी दुर्घटना, दुई जनाको मृत्यु

चितवन । चितवनमा म्याजिक गाडी दुर्घटना हुँदा दुई जना पुरुषको मृत्यु भएको छ । आइतबार बिहान भरतपुरबाट शारदानगरतर्फ गइरहेको ना १ ज ३८५९ नम्बरको म्याजिक गाडी रामपुर चौकीनजिक सडकको कल्भर्टमा ठोक्किएर पल्टेको थियो । 

दुर्घटनामा अन्दाजी ५० वर्षका दुई पुरुषको मृत्यु भएको प्रहरीको भनाइ छ । उनीहरुको सनाखत हुन बाँकी छ । दुर्घटनामा चालकसहित ८ जना घाइते भएका छन्। 
दुर्घटनामा घाइते भएका लम्जुङ दोर्जी ३ बस्ने वर्ष ३१ को विनोद गुरुङ र रसुवा कालिका २ बस्ने वर्ष १९ को प्रदीप घिमिरेको अवस्था मध्यम रहेको प्रहरीको भनाइ छ । उनीहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । 

म्याजिक चालक भरतपुर १९ शारदानगर बस्ने बर्ष ३५ को रमेश थापाको दुबै खुट्टा भाँच्चिएको छ । उनको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ । भरतपुर ६ बस्ने वर्ष ४७ की शारदा परियार, भरतपुर २१ पार्वतीपुर बस्ने वर्ष ४८ की कुमारी विकको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ । भरतपुर १९ शारदानगर बस्ने बर्ष ३२ की बबिता गुरुङ, भरतपुर १९ रामपुर बस्ने बर्ष २४ को अनुप लामाको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीको भनाइ छ । 


 

प्रतिक्रिया दिनुहोस