सिराहामा गोली प्रहारबाट एक जनाको हत्या

सफल खबर संवाददाता

आइतबार, २९ चैत्र २०७७, ०८ : १४
सिराहामा गोली प्रहारबाट एक जनाको हत्या

सिरहा । सिराहाको लहान नगरपालिका वडा नं २३  वरियार चोकमा गोली प्रहारबाट एक जनाको हत्या भएको छ। गए राति करिब पौने १ बजे गोली चलेको सिरहा प्रहरीले जनाएको छ । कसले गोली चलायो भन्ने खुलेको छैन, तर प्रहरीले गहिरो अनुसन्धान सुरु गरिसकेको छ । 

गोली प्रहारबाट स्थानीय प्रदीप विश्वकर्माको मृत्यु भएको प्रहरीको भनाइ छ । उनको टाउकोमा गोली लागेको छ। उनकी श्रीमती घाइते छिन्। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । 

प्रतिक्रिया दिनुहोस