मनकामना केवलकार चैत्र ३० गतेदेखि नै सुचारू हुने

सफल खबर संवाददाता

शनिबार, २८ चैत्र २०७७, २१ : १४
मनकामना केवलकार चैत्र ३० गतेदेखि नै सुचारू हुने

काठमाडौं । मनकामना केबुलकार चैत्र ३० गतेदेखि सुचारू हुने भएको छ । स्तरोन्नतिको पहिलो चरण मध्येको बुल ह्विल बेरिङ नयाँ फेर्नुका साथै बुल ह्विल र अन्य मर्मत सम्भार कार्यको लागि चैत्र  २५ गतेदेखि ३० गते सोमबारसम्म बन्द हुने भनिएको केवलकार एकदिन अगावै सुचारू हुन लागेको हो । 

कम्पनीले शनिबार एक सूचना जारी गर्दै प्रथम चरण मध्यको कार्य अनुमानित समयभन्दा एक दिन अगावै सम्पन्न हुने भएको जनाएको छ । यसअघि ३१ चैतबाट सुरु हुने भनिए पनि अब ३० चैत सोमबारबाटै मनकामना केबुलकार सेवा सुचारु हुने भएको हो ।

प्रतिक्रिया दिनुहोस