वडा सदस्यलाई समन्वय कायम गर्न महनगर प्रमुख शाक्यको आग्रह

विहीबार, १५ चैत्र २०७४, १४ : ३९
वडा सदस्यलाई समन्वय कायम गर्न महनगर प्रमुख शाक्यको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सहभागितामूलक निर्णय प्रक्रिया अवलम्बन गर्न वडा सदस्यहरूलाई आग्रह गर्नुभएको छ ।
कामपाले आज यहाँ आयोजना गरेको सार्वजनिक सेवा प्रवाह एवं क्षमता विकास अभिमुखीकरण कार्यक्रममा उहाँले हरेक योजनामा नागरिक र वडा समितिको सहभागिता भएमात्र त्यसले सकारात्मक परिणाम आउने भएकाले उनीहरूको सहभागितामा मात्र निर्णय गर्न आग्रह गर्नुभएको हो ।

महनगर प्रमुख शाक्यले भन्नुभयो, “अहिले पनि कामपाका कतिपय वडा समितिमा जनता र जनप्रतिनिधिबीच समन्वय र सहमतिको अभ्यास नदेखिएकाले आगामी दिन आगामी दिन यसतर्फ ध्यान दिन अनुरोध गर्दछु ।”
कामपाका दिर्नेशक नवराज ढकालले वडा र समग्र स्थानीय तहको सेवा प्रभावकारी बनाउन सैद्धान्तिक र व्यवहारिक पक्षलाई आत्मसाथ गरी अघि बढ्नुपर्ने बताउनुभयो ।

महानगरका सबै वडाका एक महिला र एक पुरुष वडासदस्य सहभागी सो अभिमुखीकरणमा अधिवक्ता टीकाराम भट्टराइले ‘स्थानीय तहमा जनप्रतिनिधिको भूमिका’, वित्तीय विश्लेषक डा खिमलाल देवकोटाले ‘स्थानीय तहमा वित्त तथा राजश्व व्यवस्थापन’ र सरकारका पूर्व सचिव खेमराज नेपालले ‘स्थानीय तहमा शुशासन व्यवस्थापन’ सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । (रासस)

प्रतिक्रिया दिनुहोस