गृहमन्त्रालयले एकैपटक गर्यो २६ उच्च अधिकारीको सरुवा

सफल खबर संवाददाता

विहीबार, २६ चैत्र २०७७, १६ : २८
गृहमन्त्रालयले एकैपटक गर्यो २६ उच्च अधिकारीको सरुवा

काठमाडौं । गृहमन्त्रालयले बिहीबार एकैपटक २६ जना सहसचिव र उपसचिवपको सरुवा तथा पदस्थापन गरेको छ । सरुवा हुनेमा अधिकांश प्रमुख जिल्ला अधिकारीहरु छन् ।

सहसचिव नारायणप्रसाद भट्टराईलाई अध्यागमन विभागको महानिर्देशकमा सरुवा गरिएको छ भने गृहका शिवराम गेलाललाई बाँकेको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।

त्यस्तै धमेन्द्र मिश्रलाई पश्चिम नवलपरासीको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ भने होमप्रसाद लुइटेल लम्जुङको प्रजिअ भएका छन्

 

प्रतिक्रिया दिनुहोस