अमेजनका मालिक  बेजोस धनाढ्य सूचीको पुन एक नम्बरमा

सफल खबर संवाददाता

बुधबार, २५ चैत्र २०७७, १३ : ४८
अमेजनका मालिक  बेजोस धनाढ्य सूचीको पुन एक नम्बरमा

काठमाडौं । अमेजन मालिक जेफ बेजोस सन् २०२१ का संसारकै धनी व्यक्ति घोषित भएका छन् । फोब्र्सले प्रकाशित गरेको सूचीअनुसार यस वर्ष उनको कूल सम्पत्ति १७७ बिलियन अमेरिकी डलर पुगेको छ । गतवर्ष पनि उनी पहिलो स्थानमै थिए ।

रकेट कम्पनी स्पेस एक्स र कार उत्पादक टेस्ला कम्पनीका मालिक इलोन मस्क धनाढ्य सूचीको दोस्रो स्थानमा छन् । बेजोसको सम्पत्ति १५१ बिलियन डलर छ ।फोब्र्सको ३५ औं वार्षिक सूचीमा ४९३ जना नयाँ अर्बपति थपिएका छन् । उनीहरुमध्ये २१० जना चीन र हङकङका छन् ।

सूचीको तेस्रो नम्बरमा पेरिसका लक्जरी वस्तु उत्पादक धनाढ्य बर्नान्ड आर्नोल्ट छन् । माइक्रोसफ्ट मालिक बिल गेट्स चौंथो स्थानमा छन् भने फेसबुक संस्थापक मार्क जुकबरर्ग ९७ बिलियन डलरसहित पाँचौ स्थानमा छन् ।

वारेन बफेट छैठौ, ल्यारी एलिसन सातौं, गुगल मालिक ल्यारी पेज आठौं, गुगलकै सर्जी ब्रिन नवौं र भारतीय धनाढ्य मुकेश अम्बानी ८४.४ बिलियन डलरसहित दशौं स्थानमा छन् । अम्बानी एसियाकै धनी व्यक्तिको रुपमा दरिएका छन् ।

सूचीमा रहेका एक मात्र नेपाली विनोद चौधरीको स्थान निकै खस्किएको छ । उनी गत वर्ष १५१३ स्थानमा रहेकोमा यसपाली २ हजार १ सय ४१ औं स्थानमा ओर्लिएका छन् । उनको सम्पत्ति भने १ं।४ बिलियन डलरमा स्थिर देखिएको छ ।

प्रतिक्रिया दिनुहोस