भैरवी रथयात्रा नेपाली सेनाको सहयोगमा गराइने

बुधबार, १४ चैत्र २०७४, १२ : ५९
भैरवी रथयात्रा नेपाली सेनाको सहयोगमा गराइने

नुवाकोट । चैतयहाँको प्रसिद्ध सिन्दूरेजात्राको अवसरमा आयोजना गरिने भैरवी मन्दिरको रथयात्रा यसवर्ष नेपाली सेनाको सहयोग लिइने भएको छ । रथ यात्राका लागि देवीघाटस्थित श्रीनाथ गणमार्फत ६० नेपाली सेनाको टोली जात्रापर्व शुरु हुने दिन(यही चैत १६) देखि१९ गतेसम्म परिचालन गर्न लागिएको हो

विदुर नगरपालिका–२ स्थित भैरवी मन्दिरका पूजारी एंव धामी हरिमानसिंह डंगोल (जीवित भगवान्) लगायतलाई हरेक वर्ष चैतशुक्ल पूर्णिमाको अवसरमा विदुर नपा–५ देवीघाटस्थित जालपादेवी मन्दिरसम्म भैरवी रथयात्रा गराइदै आएको छ । भैरवीदेवीको भगवान् सहितको रथयात्रा परम्परादेखि नै सूर्यगढी गाउँपालिका–१ लच्याङका तामाङ समुदायबाट हँुदै आए पनि उनीहरुले बोक्न अस्वीकार गरेपछि सेनामार्फत रथ बोक्ने निर्णय भएको नुवाकोट मौला अमालकाद्धारे महेन्द्रकुमार शाहीले जानकारी दिनुभयो ।

साविक लच्याङ गाविसको वडा नं २ र ९ बाहेक भैरवी गुठीको जग्गा उपभोग गर्दै आएका स्थानीय बासिन्दाबाट रथयात्रा गराइँदै आएकामा उक्त जग्गा रैकर हुनुपर्ने माग गर्दै उनीहरुले गएको वर्षदेखि रथ बोक्न इन्कार गर्न थालेका हुन् ।

गएको वर्ष अन्तिम समयमा रथ बोक्न नमानेपछि पहिलो पटक रथलाई सवारीसाधनमार्फत जात्रा गराइएको थियो । यो जात्रा मल्लकालीन समयदेखि नै चल्दै आएकामा नुवाकोटमाथि पृथ्वीनारायण शाहले विजय गरेपश्चात व्यवस्थित रुपमा मनाउन थालिएको पाइन्छ । यो वर्षको ‘भैरवी वर्षबन्ध’ गत फागुन २३ देखि यही चैत २७ गतेसम्म सञ्चालन हुने भए पनि रथयात्राको मुख्य रौनक चैत १६गतेदेखि÷१९ गतेसम्म चल्ने धामी हरिमानसिंह डंगोलले जानकारी दिनुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस