त्रिभुवन आर्मी फुटबल क्लबले किर्गिस्तानको ओलम्पिक टिमसँग आज खेल्दै

सफल खबर संवाददाता

आइतबार, १५ चैत्र २०७७, ११ : ५०
त्रिभुवन आर्मी फुटबल क्लबले किर्गिस्तानको ओलम्पिक टिमसँग आज  खेल्दै

काठमाडौं । एएफसी कप प्ले अफको तयारीमा रहेको नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले किर्गिस्तानको ओलम्पिक टिमसँग आज मैत्रीपूर्ण खेल खेल्दैछ ।नेपालमा त्रिदेशीय कप खेल्न आएको किर्गिस्तानसँग आर्मीले मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा दिँसो ३:३० बजे खेल सुरु हुनेछ ।त्रिदेशीय कपमा किर्गिस्तान फाइनल पुग्न असफल भएपछि आर्मीसँग खेल्न लागेको हो ।आर्मीले एएफसी कप २०२१ अन्तर्गत प्ले अफको पहिलो खेल श्रीलंका पुलिससँग यही चैत २५ गते दशरथ रंगशालामा खेल्नेछ ।

एएफसी कपको समूह चरण पुग्न आर्मीले श्रीलंका पुलिससहित तीन खेल जित्नुपर्नेछ । आर्मीले पहिलो खेल जितेमा अप्रिल १४ मा भारतको बैंलोरसँग खेल्नेछ ।

त्यो खेल पनि जितेमा अप्रिल २१ मा हुने प्लेअफको फाइनलमा स्थान बनाउनेछ । उक्त खेल जितेमा एएफसी कपको समूह डी मा स्थान बनाउनेछ ।यस समूहमा भारतको मोहुन बगान, बंगलादेशको बसुन्धरा किंग्स र माल्दिभ्सको माजिया एण्ड रिक्रिएसन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस