बिमा भुक्तानीका लागि सरकारसँग ३ अर्ब माग

पत्रपत्रिकाबाट

आइतबार, १५ चैत्र २०७७, ०८ : ३४
बिमा भुक्तानीका लागि सरकारसँग ३ अर्ब माग

कोरोना बिमा दाबी भुक्तानीका लागि बिमा कम्पनीहरूले सरकारसँग ३ अर्ब रुपैयाँ मागेका छन्।

हालसम्म परेको र भुक्तानी भएको दाबी संख्याका आधारमा सरकारले वहन गर्नुपर्ने दायित्वअन्तर्गत बिमा कम्पनीले उक्त रकम मागेका हुन्। 

रकम मागिएको पत्र बिमा समितिले शुक्रबार नै अर्थ मन्त्रालय पठाएको छ ।

कोरोना बिमा मापदण्डमा उल्लिखित व्यवस्थाअनुसार सरकारले ब्यहोर्नुपर्ने दायित्वअन्तर्गतको रकम मागिएको बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस