अछाममा अनिश्चितकालीन निषेधाज्ञा जारी

पत्रपत्रिकाबाट

शनिबार, १४ चैत्र २०७७, ०७ : ४४
अछाममा अनिश्चितकालीन निषेधाज्ञा जारी

काठमाडौं ।  भारतमा फैलिरहेको कोरोना सङ्क्रमण अछाम भित्रिनेहरूमा  आउन  सक्ने  भन्दै अनिश्चितकालीन आंशिक निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन   कार्यालय अछामले  बुधबार  रातिबाट  लागू हुने  गरी  होरी  (होली),  मेला,  पर्व, बैठक,  भेला,  जुलुसमा  प्रतिबन्ध लगाएको   छ । 

भारतबाट   घर फर्किने  समय  भएकोले  कोरोना फैलन नदिनका लागि अत्यावश्यक व्यवसाय,  कलकारखाना  र  छोटो दूरीका  सवारी  साधन  बिहान  ४ बजेदेखि  राति  १०  बजेसम्म  मात्र सञ्चालनमा  ल्याउन  कार्यालयले समय निर्धारण गरेको छ ।

ज्वरो    आएका    यात्रुका मलेरिया, आरडीटी वा कोभिड–१९ को एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ ।  बैठक,  गोष्ठी  वा  सेमिनार गर्नुपरेमा   भर्चुअल   माध्यमबाट मात्रै  गर्नुपर्ने  प्रशासन  कार्यालयको सूचनामा   उल्लेख   छ । मास्क, सेनिटाइजर र भौतिक दूरी कडाइका साथ पालना गर्न भनिएको प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले जानकारी दिए । 

आदेशको अवज्ञा भए सङ्क्रामक   रोग   ऐन,   २०२० बमोजिम कारबाही गरिने प्रशासनद्वारा जारी गरिएको आदेशमा उल्लेख  छ । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस