बलिउड अभिनेता आमिर खान कोभिड–१९ द्वारा संक्रमित भएका छन् । कोरोना पोजेटिभ पाइएपछि आमिर खान होम क्वारेन्टिन भएका छन् ।
आमिरका प्रवक्ताले भने, ‘आमिर खान कोरोना पोजेटिभ भएका छन् । उनी घरमा सेल्फ क्वारेन्टिनमा छन् र सबै प्रोटोकल्सको पालना गरिरहेका छन् । उनी ठिक छन् । उनको सम्पर्कमा आएका सबैले परीक्षण गर्नुपर्छ र सबै नियम पालना गर्नुपर्छ । तपार्ईंहरु सबैको प्रार्थनाका लागि धन्यवाद ।’
भारतमा विशेषगरी महाराष्टमा कोरोना संक्रमण तीब्र रुपमा बढिरहेको छ । अभिनेता तथा फिल्म निर्माता सतिश कौशिक पनि कोरोना पोजेटिभ पाइए । उनलाई अस्पतालमा भर्ना गरिएको छ ।
यसअघि रणबीर कपुर, वरुण धवन, अनुपम खेर, सञ्जय लीला भंसाली, अमिताभ बच्चन, ऐश्वर्या राय र अभिषेक बच्चनजस्ता कलाकारलाई पनि कोरोना संक्रमण भइसकेको छ । हालै अभिनेता कार्तिक आर्यन पनि कोरोना पोजेटिभ भएको खबर छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ११ चैत्र २०७७, १३ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा फेरि देखियो कोरोना संक्रमण, ४२ जनामा 'केपी' भेरियन्ट पुष्टि
सुदूरपश्चिममा कोरोना संक्रमणको जोखिम बढ्दै