काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका फेरि हेरफेर हुने भएको छ। पटकपटक संशोधन हुँदै आएको महाधिवेशनको कार्यतालिका हेरफर गर्न कांग्रेसले चैत २० गते केन्द्रीय समितिको बैठक बोलाएको हो ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको पदाधिकारी, पूर्वपदाधिकारी र सदस्यता छानबिन समितिको बैठकले संशोधित कार्यतालिका प्रस्ताव गर्न सदस्यता छानविन समितिलाई नै आग्रह गरेको छ।
सोमबार दिउँसो २ बजेसम्म ४० प्रतिशत मात्र क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको काम भएपछि पदाधिकारी बैठकले अन्तिम मितिलाई कायमै राख्दै महाधिवेशनको संशोधित कार्यतालिका ल्याउन रमेश लेखक नेतृत्व समितिलाई भनेको हो। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १० चैत्र २०७७, ०८ : ३२
लेखकबाट थप