उपसभामुख तुम्बाहाङ्फेद्वारा पार्टी सदस्यताबाट राजीनामा

सोमबार, १२ चैत्र २०७४, १५ : ४९
उपसभामुख तुम्बाहाङ्फेद्वारा पार्टी सदस्यताबाट राजीनामा

काठमाडौँ l उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफू संलग्न दल नेकपा (एमाले) पार्टीको सदस्यलगायत सबै दलीय जिम्मेवारीबाट राजीनामा दिनुभएको छ । उपसभामुख तुम्बाहाङ्फेले आज संघीय संसद् भवनमा पत्रकार सम्मेलन गरी स्थापित संसदीय परम्परा बमोजिम पार्टी सदस्यबाट राजीनामा दिएको जानकारी गराउनुभएको हो ।

उहाँ यही चैत २ गते एमालेको तर्फबाट प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित हुनुभएको थियो । उपसभामुखमा नेकपा एमालेबाट शिवमाया तुम्बाहाङ्फे र नेपाली कांग्रेसबाट पुष्पा भुसालको उम्मेदवारी परेको थियो । दुबै जना समानुपातिक सांसद हुन् । तुम्बाहाङ्फे वाम गठबन्धनको तर्फबाट उम्मेदवार रहेकाले उहाँ नै उपसभामुखमा विजयी हुनु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस