केकीले किन खौरिइन् कपाल ?

सफल खबर संवाददाता

सोमबार, ०२ चैत्र २०७७, १३ : ०१
केकीले किन खौरिइन् कपाल ?

काठमाडौं । पछिल्लो समय कलाकारहरु चरित्रमा डुब्नको लागि आफ्नो गेटअप र लुक्सलाई परिवर्तन गर्ने मामिलामा अघि बढ्न थालेका छन् ।

केही समयअघि सुरक्षा पन्तले फिल्म आमाको लागि कपाल खौरियर चर्चा कमाइन् । अभिनेत्री केकी अधिकारीले पनि यो स्टाइललाई फलो गरेकी छिन् । उनले आउने फिल्मको पात्र लुक्समा आफूलाई बदल्दै कपाल खौरिएकी छिन् ।

अधिकारीले आउने एक फिल्ममा पात्र लुक्सको लागि कपौल खौरिएको बताइन् । बैशाखदेखि छायांकन सुरु हुने फिल्मबारे उनले खुलाइनन् तर उक्त फिल्ममा केकीको बोल्ड क्यारेक्टर हुने भएकैले कपाल खौरिएको उनको भनाई छ ।

उनले इन्स्टाग्राममार्फत क्यारेक्टर लुक्स आउट गरेकी हुन् । केकीको मुख्य भूमिका रहेको फिल्म बोक्सीको घरको छायांकन अहिले भैरहेको छ र आउने साता इन्ड–कल्याप हुने तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस