काठमाडौं । नेपालमा पहिलो पटक ११ महिने बच्चाको कलेजो प्रत्यारोपण गरिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा काभ्रेका ११ महिने बालकलाई शनिबार राति ८ घण्टा लगाएर कलेजो प्रत्यारोपण गरिएको प्रत्पारोपणविद् डा. रमेशसिंह भण्डारीले बताए ।
जन्मजातदेखि नै कलेजोमा समस्या भएकाले बालकलाई ३५ बर्षका बाबुले कलेजो दिएपछि प्रत्यारोपण गरिएको प्रत्पारोपणविद् डा. भण्डारीले बताए ।
प्रत्यारोपणमा सहयोग गर्न फोर्टिस अस्पताल भारतका डा.विजय भिजको नेतृत्वमा चिकित्सकको टोलीले सहयोग गरेको थियो । त्रिवि शिक्षण अस्पतालमा कोरोना महामारी सुरु भएदेखि पहिलो पटक कजेजो प्रत्यारोपण गरिएको हो ।
त्रिवि शिक्षण अस्पतालमा कोरोना महामारीपछि मिर्गौला र कलेजो प्रत्यारोपण सेवा रोकिएका थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ चैत्र २०७७, १२ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली चिकित्सकबाटै पहिलो पटक कलेजो प्रत्यारोपण
कलेजो प्रत्यारोपणमा आत्मनिर्भर बन्दै प्रत्यारोपण केन्द्र