काठमाडौं । धर्नामा बसेका बादी समुदाय र कर्णाली प्रदेश सरकारबीच आन्दोलन रोकेर घर फर्किने गरी पाँचबुँदे सम्झौता भए पनि खर्च नहुँदा बादी समुदायका व्यक्तिहरू सुर्खेतमै छन्। घरसम्म जाने बसभाडा र घर पुगेपछि खाने खाद्यान्न नहुँदा चार दिनदेखि यतै रोकिनुपरेको उनीहरूको भनाइ छ ।
खेती गर्ने जग्गा माग गर्दै फागुन १० देखि वीरेन्द्रनगरस्थित मुख्यमन्त्री कार्यालय अगाडिको खुला चौरमा धर्ना बसेका बादी समुदाय र प्रदेश सरकारबीच बुधबार सम्झौता भएको थियो।
सम्झौताअनुसार बिहीबारै घर फर्किने सहमति भए पनि पैसा नभएकाले जान नसकिएको संघर्ष समितिका संयोजक हिक्मत बादीले बताए । उनका अनुसार नजिक घर भएका करिब १ सय ५० जना आफ्नै खर्चमा फर्किए पनि ३ सय जना अहिले पनि खुला चौरमा बसिरहेका छन्। कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०१ चैत्र २०७७, ०८ : ०७
लेखकबाट थप