यौन प्रकरणमा मुछिएका जर्नेलसहित तीन जना बर्खास्त

पत्रपत्रिकाबाट

शुक्रबार, २८ फागुन २०७७, ०७ : १७
यौन प्रकरणमा मुछिएका जर्नेलसहित तीन जना बर्खास्त

काठमाडौं । नेपाली सेनाले यौन प्रकरणमा मुछिएको प्रमाणित भएपछि एक जना बहालवाला सहायक रथी (जर्नेल) तथा महिला सैनिक अधिकृतसहित तीन जनालाई बर्खास्त गरेको छ ।

सेनाको २८ नम्बर बाहिनी सिराहाका बाहिनीपति (जर्नेल) पंकज कार्कीले संगठनभित्रै महिला सैनिक अधिकृतलाई यौन दुव्र्यवहार गरेको प्रमाणित भएपछि उनलाई बर्खास्त गरिएको सैनिक उच्च स्रोतले जानकारी दिएको छ ।

यौन दुव्र्यवहार गरेर बर्खास्त हुने कार्की पहिलो उच्च सैनिक अधिकृत हुन् ।

सेनाले कार्कीसँग लागेकी एक सैनिक अधिकृत र अर्की एक महिला सैनिकलाई पनि आचरण ठीक नभएको बन्दै बर्खास्त गरेको छ ।

सैनिक उच्च स्रोतका अनुसार जर्नेल कार्कीमाथि यौन दुव्र्यवहारको आरोप लागेपछि सैनिक मुख्यालयले ‘कोर्ट अफ इन्क्वायरी’ गठन गर्दै छानबिन थालेको थियो ।

सो कोर्ट अफ इन्क्वायरीले कार्कीले महिला सैनिकमाथि यौन दुव्र्यवहार गरेको र ती महिला सैनिकको पनि आचरण खराब रहेको निष्कर्ष निकाल्दै उनीहरूमाथि कारबाहीको सिफारिस गरेको थियो । राजधानी दैनिकमा खबर छ ।  

प्रतिक्रिया दिनुहोस