भागरथी हत्याका ओरोपी बाल सुधारगृह चलान

पत्रपत्रिकाबाट

विहीबार, २७ फागुन २०७७, ०७ : ००
भागरथी हत्याका ओरोपी बाल सुधारगृह चलान

भागरथी हत्याका ओरोपी १६ वर्षीय किशोरलाई बाल सुधारगृह चलान गरिएको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या गरको  आरोपमा १६ वर्षीय किशोरलाई बैतडी अदालतले पुर्पक्षका लागि सुधारगृह पठाउने आदेश दिएको हो। 

आरोपित किशोर नाबालक भएकाले अदालतको आदेशअनुसार बुधबार पुर्पक्षका लागि डोटीस्थित बाल सुधारगृह चलान गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

किशोरमाथि चडेपानी गाउँकी १७ वर्षीया भागरथी भट्टलाई बलात्कार र हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेर २१ दिन लामो अनुसन्धान गरेको थियो। हत्या आरोपी किशोरलाई सरकारी वकिल कार्यालयले मङ्गलबार अदालतमा पेस गरेको थियो।

अदालतले आरोपित किशोर नाबालक भएकाले पुर्पक्षका लागि सुधारगृह पठाउन आदेश दिएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । गोरखापत्रमा खबर छ।

प्रतिक्रिया दिनुहोस