मेलम्ची पानीसँगै आधुनिक प्रविधिमा आधारित ‘फायर हाइड्रेन्टग्́

पत्रपत्रिकाबाट

विहीबार, २७ फागुन २०७७, ०६ : ५२
मेलम्ची पानीसँगै आधुनिक  प्रविधिमा आधारित ‘फायर हाइड्रेन्टग्́

मेलम्ची  खानेपानी  आयोजनाले  राजधानीमा  पानी  वितरणसँगै  ‘फायर  हाइड्रेन्टग्́ सञ्चालनमा  ल्याउने तयारी गरेको छ ।

दमकलले पानी भर्न  मिल्ने  गरी  प्रविधि  जडान  गरिनुलाई  फायर  हाइडे«न्ट  भनिन्छ  ।  यो  आधुनिक  प्रविधिमा आधारित हुनेछ ।

राजधानीमा बढ्दै गएको आगलागीको जोखिमलाई दृष्टिगत गर्दै मेलम्ची खानेपानी आयोजनाले  चक्रपथभित्र  ३५०  स्थानमा  ‘फायर हाइड्रेन्टग्́ को स्थापना गर्न लागेको हो । 

मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका  निर्देशक  कमल  श्रेष्ठले  घना  बस्ती  र  आवादीका  कारण  दिनका  दिन  आगलागीको  जोखिम  बढ्दै  गएको  राजधानीमा  मेलम्चीको  पानी  वितरणसँगै  आगलागी नियन्त्रण, दैवीप्रकोप तथा विपत् व्यवस्थापनका  लागि  सहज  र  उपयोगी  हुने  ‘फायर  हाइड्रेन्टग्́  सञ्चालनमा  ल्याइने  जानकारी दिए ।

मेलम्चीको पानी वितरणका लागि पाइप जडान  भइसकेका  क्षेत्रहरूमा  अहिलेसम्म  २३० वटा फायर हाइड्रेन्टग्́ जडान भइसकेका छन्  ।  गोरखापत्रमा खबर छ।

प्रतिक्रिया दिनुहोस