भरतपुर महानगरीय चक्रपथको डीपीआर तयार, निर्माणमा आठ अर्ब खर्च लाग्ने

सफल खबर संवाददाता

सोमबार, २४ फागुन २०७७, ११ : १६
भरतपुर महानगरीय चक्रपथको डीपीआर तयार, निर्माणमा आठ अर्ब खर्च लाग्ने

चितवन । भरतपुर महानगरीय चक्रपथको अन्तिम प्रारुप तयार भएको छ । प्रस्तावित चक्रपथको लम्बाइ ८८ दशमलव ६१५ किलोमिटर हुनेछ । दुई वर्षअघि शिलान्यास गरी काम अगाडि बढाइएको महानगरीय चक्रपथको विस्तृत परियोजना प्रतिवेदनको अन्तिम प्रारुपमा उक्त सडक निर्माणमा आठ अर्व रुपैयाँ खर्च लाग्ने उल्लेख छ ।

विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को अन्तिम प्रारुपबारे जानकारी दिन आइतबार महानगरमा आयोजना गरिएको कार्यक्रममा महानगरप्रमुख रेनु दाहालले चक्रपथ महानगरको गहना भएको बताइन ।

उनले भनिन्,महानगरको महत्वपूर्ण आयोजनामध्य चक्रपथ पनि एक हो,पटक पटकको छलफलपछि यसको लागत र लम्बाई निश्चित भएको छ । अब सठक ट्रयाक नभएका स्थानमा ट्रयाक खोल्ने र सडक भएका स्थानमा सीमा निर्धारण गरी काम अघि बढाइने छ ।

उनका अनुसार चक्रपथ निर्माणका लागि चालु आर्थिक वर्षमा सडक विभागले सात करोड र प्रदेश सरकारले २९ करोड रकम विनियोजन गरी काम अघि बढाएको छ । चक्रपथको काम यसअघि १३ किलोमिटर अन्तिम चरणमा पुगेको उनले जानकारी दिइन ।

डीपीआर टोलीका प्रमुख सन्तोषकुमार गुप्ताले चक्रपथले महानगरका २९ वडामध्य २० वडा समेट्ने जानकारी दिए । चक्रपथको अधिकांस भाग नदी किनार,जंगल छेउ र रमणिय दृश्य पर्छ । प्राविधिकका अनुसार ३० मिटर चौडाई रहने उक्त सडक सुरुवातमा दुई लेन निर्माण गरिनेछ । गोरखापत्र दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस