नेकपा वैधानिकताबारेको निर्णय जनअपेक्षाविपरीत : मुख्यमन्त्री

रासस

आइतबार, २३ फागुन २०७७, २१ : १६
नेकपा वैधानिकताबारेको निर्णय जनअपेक्षाविपरीत : मुख्यमन्त्री

file Photo

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेकपा पार्टीको वैधानिकताबारेको निर्णय जनअपेक्षाविपरीत आएको बताउनुभएको छ । 

आज बेदकोट नगरपालिका–१० स्थित चौधर नदीमा निर्माण हुने पक्की पुलको शिलान्यासमा उहाँले पार्टीसम्बन्धी निर्णयले अन्यौलता सृजना गर्ने कार्य गरेको बताउनुभयो ।

“त्यस निर्णयले खुशी दिएको छैन ।”, उहाँले भन्नुभयो, “नेकपाकै नामबाट राष्ट्रियसभा सदस्य चुनिएका छन् । उपनिर्वाचनबाट जनप्रतिनिधि चुनिएका छन् । मनमा चिसो पसेको छ । देशलाई अन्योलतिर धकेलेको छ ।”

“दुई पार्टीबीचको एकता जनअपेक्षानुरुप कार्य गर्ने, पटकपटक देखिने राजनीतिक अस्थिरताको अवस्थालाई अन्त्य गरी सरकारलाई स्थायित्व दिने र छरिएर रहेका कम्युनिष्टलाई एकत्रित गरी संयुक्त मोर्चा गठन गर्ने रहेको थियो ।”, उहाँले भन्नु भयो, “यिनै कुरालाई अघि सार्दै चुनावमा भोट माग्यौँ ।

जनताले दुई तिहाई पु¥याए । संसद् विघटनको विषयलाई अदालतले पुनः स्थापन गरेर ट्रयाकमा ल्याउने कार्य गरेर खुशी भएका बेला पुनः राजनीतिक अन्यौलता कायम भएको छ ।”

प्रतिक्रिया दिनुहोस