रोटरीको आत्म व्यवस्थापन तालिम

शनिबार, १० चैत्र २०७४, १८ : २५
रोटरीको आत्म व्यवस्थापन तालिम

चितवन । नारायणगढ रोटरी क्लबले “कुशल नेतृत्व बहनकालागि आत्म व्यवस्थापन” विषयक तालिम भरतपुर गार्डेन रिसोर्ट होटलमा सम्पन्न गरेको छ । क्लबका सदस्य तथा स्पाउजहरूका साथै नारायणगढ रोट¥याक्ट क्लब र चितवन रोट¥याक्ट क्लबका सदस्यहरूको सहभागितामा सम्पन्न उक्त तालिमका स्रोतव्यक्तिको रुपमा क्लबका पूर्व अध्यक्ष रोटरियन विशाल श्रेष्ठज्यूकी स्पाउज सङ्गीता श्रेष्ठ रहनुभएको थियो ।

हामी कुनै पनि नेतृत्व तहमा पुगिसकेपछि आपूmलाई कसरी व्यवस्थापन गर्ने र सकारात्मक परिणामको लागि के कस्तो भूमिका निर्वाह गर्नुपर्दछ– जसले गर्दा कुशल नेतृत्व दिन सकिन्छ भन्ने सन्दर्भमा श्रेष्ठले सहभागिहरूलाई सिकाएका थिए । विमान कार्कीको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा अध्यक्ष नारायण प्रधानले यस किसिमको तालिमबाट नेतृत्व बहन गर्दा आत्मविश्वास बढ्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा संस्थापक अध्यक्ष निरञ्जन प्रधान लगायत ४० जनाको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस