गृहमन्त्री थापाको निर्देशनः बाटोमा फोहोर फाल्नेलाई कारबाही गर्नुस्

शनिबार, १० चैत्र २०७४, १७ : १९
गृहमन्त्री थापाको निर्देशनः बाटोमा फोहोर फाल्नेलाई कारबाही गर्नुस्

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले बाटोमा जथाभावी फोहर फाल्नेलाई कारबाही गर्न प्रहरी लाई  निर्देशन दिएका छन् ।

चक्रपथ सरसफाईको ५० औं हप्ता पुगेको अवसरमा आयोजित कार्यक्रममा बादलले फोहोर गर्नु भ्रष्टाचार सरह भएको बताए ।, ‘जसले बाटोमा फोहोर फाल्छ, प्रहरी जवानहरुले उनीहरुलाई गिरफ्तार गर्नुपर्छ, सजाय दिनुपर्छ ।’ आम जनताले पनि फोहोर फाल्नेहरुलाई सामाजिक दण्ड दिन जरुरी रहेको उनले बताए ।

कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले वातावरण सरसफाईका लागि सबैपक्ष जिम्मेवार हुनुपर्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस