माओवादीको शनिवारको महत्वपुर्ण निर्णय , नेताहरुको जिम्मेवारी हेरफेर

शनिबार, १० चैत्र २०७४, १७ : ०७
माओवादीको शनिवारको महत्वपुर्ण निर्णय , नेताहरुको जिम्मेवारी हेरफेर

काठमाडौं ।  एमालेसँग पार्टी एकताको गृहकार्य भेरहेका बेला माओवादीले पार्टी नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ । पार्टी केन्द्रीय कार्यलयले नेताहरुको जिम्मेवारी हेरफेर गरेको हो । शनिबार बसेको हेडक्वाटरको बैठकले मन्त्रीहरुलाई प्रदेश इन्चार्जको जिम्मेवारी नदिने निर्णय गरेको हो ।

नयाँ जिम्मेवारी अनुसार प्रदेश–१ मा राम कार्की, प्रदेश -२ मा विश्वनाथ साह, प्रदेश-४ मा हितराज पाण्डे, प्रदेश-५ मा मणि थापा, र प्रदेश -६ मा जनार्दन शर्मालाई ईन्चार्ज बनाइएको छ ।

प्रदेश-३ मा हितमान शाक्य र प्रदेश -७ मा लेखराज भट्टलाई भने यथावत राखिएको छ ।
प्रदेश-१ का गोपाल किराँतीले पार्टी छोडेको, प्रदेश-२ का मातृका यादव, प्रदेश-५ का वर्षामान पुन र प्रदेश-६ का शक्ति बस्नेत मन्त्री बनेको र प्रदेश-४ का देव गुरुङ प्रमूख सचेतक बनेका कारण जिम्मेवारी हेरफेर गरिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस