सरकारविरुद्धका सबै षड्यन्त्र परास्त हुन्छन् : राज्यमन्त्री मानन्धर

सफल खबर संवाददाता

शुक्रबार, २१ फागुन २०७७, १४ : २९
सरकारविरुद्धका सबै षड्यन्त्र परास्त हुन्छन् : राज्यमन्त्री मानन्धर

file photo

काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले जनताको समृद्धिको सपना पुरा गरेरै छाडिने बताएका छन् । शुक्रबार काठमाडौंको सितला माध्यमिक विद्यालयमा आइटी ल्याब र स्मार्ट बोर्डको शुरुवात गर्दै मानन्धरले जनताको समृद्धिको सपना पुरा हुन नदिन रचिएका सबै षड्यन्त्र समाप्त पारेर अघि बढ्ने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चट्टानी अडानका कारण समृद्ध नेपाल सुखी नेपालीको अभियान अघि बढेको बताउँदै मानन्धरले देशभक्त र जनप्रिय सरकारविरुद्ध देशी विदेशी शक्तिले षड्यन्त्रपूर्ण ढंगले चलखेल गरिरहेको दाबी गरे ।

मानन्धरले जनताको चाहना अनुसार गठन भएको वर्तमान सरकारलाई असफल पार्न रचिएका सबै षड्यन्त्रलाई जनताले नै परास्त गरिदिने दाबी गरे  । नेकपाको आधिकारीकता विवाद केही दिनमै टुंगिने बताउँदै मन्त्री मानन्धरले संसदीय दलमा प्रधानमन्त्री सुविधाजनक बहुमतमा रहेको दाबी पनि गरे ।

सर्वोच्चको आदेश पालना गर्दै सरकारले प्रतिनिधिसभाको बैठक बोलाएको बताउँदै मानन्धरले  अबको दुई वर्ष प्रधानमन्त्री ओलीकै नेतृत्वमा सरकार रहने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस