काठमाडौं । ल्होसारका कारण बन्द भएको नेपाल–चीन व्यापारिक नाका रसुवागढी आजबाट सञ्चालनमा आएको छ । माघ २९ गतेदेखि बन्द रहेको चीनसँग जोड्ने यो नाका आजबाट खुला गरिएको हो ।
रसुवा भन्सार कार्यालय प्रमुख राम प्रसाद रेग्मीका अनुसार नेपाली व्यवसायीको सामान बोकेका ७ वटा कन्टेनर केरुङबाट नेपालतर्फ आउँदै छन् । नाका खुल्ने सम्बन्धी जानकारी चिनियाँ अधिकारीहरुले बिहीबार बेलुकी नेपाल पक्षलाई गराएका थिए ।
भन्सार प्रशासन खुल्लै रहे पनि कामदार छुट्टीमा गएपछि २३ दिनदेखि नाकाको व्यापार ठप्प बनेको थियो । नाका खुलाउनेबारे चिनियाँ पक्षले कुनै जानकारी नदिएपछि चीनबाट गर्मीका लत्ताकपडा ल्याउँदै गरेका व्यापारीहरु चिन्तित बनेका थिए ।
यो वर्ष कोरोना भाइरस तथा प्राकृतिक विपत्तिका कारण चीनतर्फको नाकामा पटकपटक अवरोध भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ फागुन २०७७, ११ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनबाट ६५ अर्बको सामान आयात