चितवन बिशेष

विक्रम पाण्डेका पुर्व प्रतिद्धवन्दी दान बहादुर तमाङ माओवादी प्रवेश

मंगलबार, १२ मंसिर २०७४, १४ : ०८
विक्रम पाण्डेका पुर्व प्रतिद्धवन्दी दान बहादुर तमाङ माओवादी प्रवेश

पर्साढाप चितवन । नयाँ शक्ति नेपालका केन्द्रिय सचिवालय अभियान्त तथा समामुपातिक सभासद उम्मेदवार दान बहादुर तमाड्ड माओवादी प्रवेश गर्नु भएको छ । मंगलबार पश्चिम चितवनको पर्साढापमा आयोजित बाम गठबन्धको चुनावी सभामा उहाँलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाटी प्रवेश गराउनु भएको हो । तमाड्ड ०७० सालको संविधानसभा चुनावमा नेकपा एमालेको उम्मेदवार हुनुहन्थियो । केहि समय अघि एमाले परित्याग गरेका तमाड्ड नयाँ शक्ति पाटी नेपालको चितवनबाट समानुपातिक उम्मेदवार हुनुहुन्थियो । दोस्रो संविधानसभाको चुनावमा उहाँले चितवन क्षेत्र नंं. ५ बाट निर्वाचनमा उम्मेदवारी थियो । अहिले क्षेत्र नं. ३ का प्रतिनिधीसभा सदस्य उम्मेदवार वन मन्त्री विक्रम पाण्डेसगँ २ हजार ३ सय ५२ मतले मात्र पराजित हुनु भएको थियो । पाण्डेले १० हजार ७ सय ५८ मत ल्याउनु भएको थियो भने तमाङले ८ हजार ४ सय ६ मत ल्याउनु भएको थियो ।

भरतपुर २७ पर्साढाप बजारमा भएको चुनावीसभामा पाटी प्रवेश गर्नुभएको तमाड्डले बाबुराम भट्टराईबाट देशको विकास र समृद्धि नहुने दाबी गर्नुभयो । उहाले अबको देश विकास पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट मात्र सम्भव रहेको बताउनुभयो । त्यसतै उहाँले २÷४ सिट ल्याउने पाटीबाट देश विकासको आशा गर्न नसकिने बताउनुभयो । अब देशमा वृहत कम्युनिष्ट पाटीले मात्र देशको विकास गर्ने ठोकुवा गर्नुभयो । सम्रग चितवन र देशको विकासका लागि नयाँ शक्ति परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेको उहाँको भनाई छ । तमाङले वनमन्त्री तथा प्रतिनिधी सभा सदस्य उम्मेदवार विक्रम पाण्डेलाई मैदान खाली गरेर प्रचण्डलाई सघाउन आग्रह गर्नुभयो । चितवनको विकासकै लागि आफु प्रचण्ड विजय अभियानमा सरिक भएको उहाँको भनाई छ ।
 

यसै बिच सो कार्यक्रममा राप्रपा प्रजातान्त्रीक र नेपाली कांग्रेसका २२ जना कार्यकता माओवादीमा प्रवेश गरेका छन् । चुनावी सभा लगतै सोही क्षेत्रको मेघौली ,तेलौली ,बनकट्टा ,रातापुर ,गौचरन र सलौली लगाएतका स्थानमा घर दैलो गरिएको छ । माओवादी केन्द्रका अध्यक्ष तथा चितवन क्षेत्र नं. ३ का प्रतिनिधी सभा सदस्य उम्मेदवार पुष्पकमल दाहाल प्रचण्ड ,प्रदेशसभाका उम्मेदवार कृष्ण भुर्तेलले संयुक्त रुपमा घर दैलो गर्नु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस