सेनाको सिपाही बन्न गएका १२ जना लाई समात्यो प्रहरीले

शनिबार, १० चैत्र २०७४, १४ : २७
सेनाको सिपाही बन्न गएका १२ जना लाई समात्यो प्रहरीले

काठमाडौं । सेनाको सिपाही बन्न गएका १२ जना लाई प्रहरीले पक्राउ गरेको छ । लोकसेवा आयोगले आज सेनाको सिपाही पदमा लिएको परीक्षाका क्रममा रत्नराज्य स्कुल नयाँ वानेश्वर र सिआईटी कलेज तिनकुनेबाट १२ नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा गोपाल ढकाल, प्रकाश भण्डारी, समिप रोकाय, लोचन वाग्ने, रोहित भण्डारी, सुदीप कार्की, मनिषा विष्ट, सम्झना मगर, जानकी माझी, गौतम राना, कविता श्रेष्ठ र  दिवस कार्की रहेको  महानगरीय प्रहरी बृत्त नयाँ वानेशवरका डिएसपी रवि पौडेलले जानकारी दिए ।
पौडेलले नक्कली परीक्षार्थीबारे अनुसन्धान भइरहेको पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस