प्रधानमन्त्री ओली र उपनेता नेम्वाङलाई जिम्मेवारीबाट हटाउने प्रचण्ड–नेपाल पक्षको निर्णय

सफल खबर संवाददाता

बुधबार, १९ फागुन २०७७, १५ : ००
प्रधानमन्त्री ओली र उपनेता  नेम्वाङलाई जिम्मेवारीबाट हटाउने प्रचण्ड–नेपाल पक्षको निर्णय

काठमाडौ । नेकपा प्रचण्ड–नेपाल पक्षले पार्टी संसदीय दलको नेताको भूमिकामा रहेका प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली र उपनेता सुवास नेम्वाङलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा सो समूहको केन्द्रीय समिति बैठकले ओली र नेम्वाङलाई हटाउने निर्णय गरेको एक नेताले जानकारी दिए ।

ओलीलाई यसअघि नै प्रचण्ड–नेपाल समूहले पार्टी सदस्य समेत नरहने गरी कारबाही समेत गरिसकेको छ भने नेम्वाङलाई पनि ६ महिना निलम्बनको घोषणा गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस