गोङ्गबु हत्याकाण्डकी मास्टरमाइण्ड कल्पना मुडभरीलाई आजीवन काराबास

सफल खबर संवाददाता

बुधबार, १९ फागुन २०७७, १४ : ४५
गोङ्गबु हत्याकाण्डकी मास्टरमाइण्ड कल्पना मुडभरीलाई आजीवन काराबास

काठमाडौँ । जिल्ला अदालत काठमाडौंले गोङ्गबु हत्याकाण्डकी अभियुक्त कल्पना मुडभरी पौडेललाई आजीवन कारावासको सजाय सुनाएको छ । उनकी छोरीलाई अदालतले सफाइ दिने फैसला गरेको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले कल्पनालाई जीवनभर कारावासको सजाय सुनाएको छ  । साथै मृतक कृष्णबहादुर बोहराको परिवारलाई राज्यकोषबाट ५५ हजार रुपैयाँ राहत उपलब्ध गराउने आदेश दिइएको छ ।बोहराको घाँटी रेटी हत्या गरेर सुटकेशमा हाली खोलामा फालिएको अवस्थामा शव भेटिएको थियो ।

सो घटनामा संलग्न रहेकी कल्पनालाई चितवनबाट सिआईबीका प्रहरीले पक्राउ गरेका थिए ।  गत साउन २५ गते गोङ्गबुमा कृष्ण बहादुर बोहराको शरीर र टाउको छुट्टिएको अवस्थामा काठमाडौँ गोङगबुमा शव भेटिएको थियो । 

दाङका ४५ वर्षीय कृष्ण बहादुर बोहरा र चितवनकी ३७ वर्षीय कल्पना मुडभरीबीच प्रेमसम्बन्ध रहेको तर सम्बन्धमा उतारचढाव आएपछि बोहराको हत्या गरेको कल्पनाले अदालतसमक्ष स्वीकार गरेकी थिइन् । आफ्नै कोठमा कल्पनाले दहीमा ५ वटा स्लिपिङ ट्याब्लेट घोलेर खुवाएपछि बेहोस बनेका बोहरालाई  अण्डकोषमा हम्मरले हानेर हत्या गरेकी थिइन् । त्यसपछि शव व्यवस्थापन गर्न बाथरुममा टुक्रा–टुक्रा पारेर सुटकेशमा हालेर गोङगबुमा फालेकी थिइन् । शव फाल्ने बेलामा उनलाई छोरीले साथ दिएकी थिइन् । 
 

प्रतिक्रिया दिनुहोस