सौन्दर्य प्रसाधन ‘द स्किन एड’ को सफ्ट लन्च बिराटनगर बाट

सफल खबर संवाददाता

मंगलबार, १८ फागुन २०७७, १० : ५२
सौन्दर्य प्रसाधन ‘द स्किन एड’ को सफ्ट लन्च बिराटनगर बाट

काठमाडौँ । स्वदेशमा नै उत्पादित ‘द स्किन एड’ सौन्दर्य प्रसाधनको एक कार्यक्रम बीच बिराटनगरमा एकदिने सेमिनार सहित तथा नेपाली उत्पादनको बारेमा जानकारी गराउंदै लन्च गरिएको छ।  बरिष्ट सौन्दर्यबिद मेनुका सिवाकोटीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सौन्दर्यकर्मीहरु चन्द्रकला राइ, ममता प्रधान, शिलु श्रेष्ठ, जुली प्याकुरेल, ललिता धिमाल, भगवती थापा, र सायादा तबसुमको उपस्थिति रहेको थियो। उक्त अबसरमा बरिष्ट सौन्दर्यबिद मेनुका सिवाकोटीले द स्किन एड को बारेमा जानकारी गराउंदै सौन्दर्य प्रसाधन प्रयोग गर्ने बिधि समेत बताएकी थिइन्।

‘सुरु भयो नेपाली सौन्दर्य प्रशाधनको युग’ भन्ने नाराको साथ् सुरु भएको मेड इन नेपाल उत्पादन ‘द स्किन एड’ को सफ्ट लन्च बिराटनगर बाट बिगत ३५ बर्ष देखि सौन्दर्य क्षेत्रमा योगदान पुर्याएकी सौन्दर्यकर्मी चन्द्र कला राइलाइ सम्मान गर्दै सुरु भएको छ।

हाम्रो सौन्दर्य र स्वास्थ्य प्रति प्रतिकुल प्रभाब परिरहेको अबस्थालाई मध्यनजर गर्दै फाईटो म्याक्स केयर प्रालिले हालसालै बजारमा ल्याएको ब्युटी प्रोडक्ट उच्च हिमाली क्षेत्रका बनस्पति जन्य  कच्चा पदार्थको समिश्रण गरि जीएमपी स्टाण्डर्ड आइएसओ  ९००१स् २०१५ मापदण्डमा आधारित रहेर अन्तराष्ट्रिय स्तरमा सौन्दर्य उत्पादन द स्किन एड नेपाली बजार र विश्व बजारमा पुर्याउने उदेश्यले बजारीकरण सुरु गरिएको छ। यस उत्पादनलाइ बजारीकरण गर्नको लागि ओम शान्ति ब्युटी क्लिनिक एण्ड ट्रेनिङ इन्सिच्युट संगको सहकार्यमा सुरु गरिएको छ।

द स्किन एड ब्राण्डका उत्पादनहरु फाईटो म्याक्स केयर प्रालि नेपाल र रिसर्च इन्सिच्युट अफ बायो मेडिकल कन्भर्जेन्स साइन्स डिगो क्याथोलिक युनिभर्सिटि रिपब्लिक अफ कोरिया साझा खोज तथा अनुसन्धान बाट सहकार्यमा नेपाल को भरतपुर (१६ चितवनमा रहेको जीएमपी स्टाण्डर्ड म्यनुफ्याक्चारीङ प्लानेट बाट उत्पादन गरिदै आएको छ । हरेक उत्पादन प्याराबेन फ्री, सल्फेक्ट फ्री, फोस्फेट फ्री र सिलिकन फ्री छ।

उक्त कार्यक्रमको संयोजकमा साईच्छा ब्युटि पार्लर र स-संयोजकमा ओसिन ब्युटि पार्लर रहेका थिए भने बरिष्ट सौन्दर्यबिद प्रमिला थापाको संयोजनमा कार्यक्रम सम्पन्न भएको थियो।  

प्रतिक्रिया दिनुहोस