यस्तो रहनेछ आजको मौसम

सफल खबर संवाददाता

मंगलबार, १८ फागुन २०७७, ०६ : ४९
यस्तो रहनेछ आजको मौसम

हाल  देशका उच्च पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यद्यपी हाल उल्लेखनीय मौसमी प्रणाली भने नरहेको महाशाखाको भनाइ छ ।  महाशाखाका अनुसार मंगलबार दिउँसो  प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली र बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ।

 यस्तै राति  प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने पनि महाशाखाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस