प्रतिनिधीसभा पुनःस्थापनासँगै विजय जुलुस मनाउने र प्रतिकार गर्नेबीच भेट नहुने गरि सुरक्षा व्यवस्था मिलाउन गृहको सकुर्लर

सफल खबर संवाददाता

शुक्रबार, १४ फागुन २०७७, ११ : ५३
प्रतिनिधीसभा पुनःस्थापनासँगै विजय जुलुस मनाउने र प्रतिकार गर्नेबीच भेट नहुने गरि सुरक्षा व्यवस्था मिलाउन गृहको सकुर्लर

काठमाडौँ ।  प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसलापछि गृहमन्त्रालयले तीनवटै सुरक्षा निकायलाई सर्कुलर जारी गरेको छ ।

गृहमन्त्रालयले नेपाली प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई छुट्टा छुट्टै सर्कुलर जारी गरी सर्वोच्चको फैसलापछि विजय जुलुस मनाउने र त्यसका प्रतिकारमा निस्किने जुलुसलाई भेट नगराउने व्यवस्था मिलाउन सर्कुलर जारी गरेको हो । तीनवटै सुरक्षा निकायलाई फरक फरक सर्कुलर जारी गरेपनि त्यसको भाषा भने एउटै रहेको गृहले जनाएको छ । 

नेकपा प्रचण्ड–माधव नेपाल समूहले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसलापछि ठाउँ ठाउँमा विजय जुलुस निकाल्दै आएको छ। तर त्यसको प्रतिकारमा जुलुस निस्किएको भने छैन ।  

तर सम्भावित मुडभेढलाई ध्यानमा राख्दै गृहले आफू मातहतका तीनवटै सुरक्षा निकायलाई विजय जुलुस मनाउने र त्यसको प्रतिकारमा जुलुस निस्किए भेट नहुने वातावरण बनाउन सर्कुलर जारी गरेको हो।

प्रतिक्रिया दिनुहोस