सुन–चाँदीको भाउ ओरालो लाग्यो, तोलाको कति ?

सफल खबर संवाददाता

विहीबार, १३ फागुन २०७७, १२ : ००
सुन–चाँदीको भाउ ओरालो लाग्यो, तोलाको कति ?

काठमाडौं ।सुन–चाँदीको भाउ झर्दो क्रममा रहेको छ । बिहीबार पनि सुन–चाँदीको भाउमा गिरावट आएको छ । बिहीबार सुन तोलामा ५०० ले झरेको छ भने चाँदी ५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ तोलाको ८९ हजार ३०० कायम गरेको छ । हिजो तोलाको ८९ हजार ८०० मा कारोबार भएको थियो । मंगलबार तोलाको ९० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनको भाउ पनि तोलामा ५०० रुपैयाँले नै घटेर तोलाको ८८ हजार ८५० कायम भएको छ ।

यसैगरी, चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेको छ । महासंघले आजका लागि चाँदीको भाउ तोलाको १३ सय ५५ कायम गरेको छ । बुधबार तोलाको १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस