वन संरक्षणमा महिलाको सहभागिता बढ्यो

शुक्रबार, ०९ चैत्र २०७४, १३ : ४९
वन संरक्षणमा महिलाको सहभागिता बढ्यो

तुलसीपुर, दाङ । पछिल्लो समयमा जिल्लामा सामुदायिक वनको संरक्षणमा महिला सहभागिता बढेको सामुदायिक वन उपभोक्ता महासंघले जनाएको छ । पाँच सय चारवटा सामुदायिक वन समूहमध्येमा ९३ वटा वन समूहको नेतृत्व महिलाले गरिरहेका सामुदायिक वन उपभोक्ता महांसघका जिल्ला अध्यक्ष शोभाकर सापकोटाले जानकारी दिनुभयो ।

महिलाले सञ्चालन गरेका वन समूह फस्टाउँदै गएका छन् । वन जोगाउने काममा महिला सक्रिय भएर लाग्नुका साथै आफ्नो क्षमता प्रदर्शन गरिरहेका छन् । वन समूहमा आवद्ध महिला विभिन्न सामाजिक संघ संस्थाको नेतृत्व तहमा समेत पुगेका छन् । निर्णायक तहमा महिलाको प्रतिनिधित्व बढेको सामुदायिक वन उपभोक्ता समूहका पूर्व केन्द्रीय सदस्य पदमा चौधरी बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ,–“अहिले महिलाले आयआर्जनकालागि घुम्ती कोष सञ्चालन गर्नुका साथै सहकारीदेखि प्राकृतिक स्रोत साधनको संरक्षणमा पनि सक्षम बन्दै गएका छन् ।’’ (रासस)

प्रतिक्रिया दिनुहोस