पानी दिवसको अबसरमा आयोजित चित्रकला र हातधुने प्रतियोगिता सम्पन्न

शुक्रबार, ०९ चैत्र २०७४, १३ : ४४
पानी दिवसको अबसरमा आयोजित चित्रकला र हातधुने प्रतियोगिता सम्पन्न

 


चितवन । नारायणगढ रोटरी क्लबले विश्व पानी दिवसको अवसरमा  ईच्छाकामना–७, खेतबारी स्थित राष्ट्रिय आधारभूतविद्यालयमा चित्रकला तथा हातधुने कला प्रतियोगिता सम्पन्न गरेको छ । सोहि अवसरमा क्लबले बिद्यालयमा रंग रोगन समेत गरेको छ ।
 वाइन टु वाटर – नेपालसँगको सहकार्यमा विद्यार्थीहरूको स्वास्थ्य र सफाईलाई विशेष ध्यानदिने उद्देश्यले हातधुने कला प्रतियोगिता साथै पानीको महत्त्वदर्शाउने गरी चित्रकला प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष नारायण प्रधानले बताउनुभयो । यस अघि सो बिद्यालयमा क्लबले बिद्यार्थीहरुलाई हात धुने तरिका सिकाएको कार्यक्रमका संयोजक रोटरियन सुसनलाल प्रधानले बताउनु भयो । हात धुने प्रतियोगितामा  सरस्वती मगर प्रथम, सचिना चेपाङ द्वितीय र रोशन चेपाङले  तृतीय स्थान हासिल गरेकाथिए । बिजयी विद्यार्थीहरूलाई निर्णायकहरू सुषमा गुरुङ, प्रभा गुरुङ र सुमन गुरुङले पुरस्कार प्रदान गर्नुभएको थियो ।
साथै सोहि अवसरमा आयोजित चित्रकला प्रतियोगितामा रोशनी चेपाङ, अस्मीता तामाङ र सुविना चेपाङले क्रमशःप्रथम, द्वितीय र तृतीय स्थानप्राप्त गरेको थिए ।प्रतियोगिताको निर्णायकमा  उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष तथा नारायणगढ रोटरी क्लबकापूर्व अध्यक्ष सहनलालप्रधान र चित्रकार एवम् गैंडाकोट रोटरी क्लबका अध्यक्ष भीम शर्मा रहनुभएको भएको थियो । बिजयी बिद्यार्थीहरुलाई  वाइन टु वाटरका व्यवस्थापक रोशनीकार्कीले पुरस्कार वितरण गर्नु भएको थियो ।  प्रतियोगिताको संयोजन क्लबका यज्ञमुनि बज्राचार्यले गर्नुभएको थियो  ।
यसैगरि
नारायणगढ रोटरी क्लबका पूर्व अध्यक्ष विज्ञानलालश्रेष्ठको संयोजकत्वमा सोही दिन विद्यालयको भवनमा रंग रोगन लगाउने काम समेत सम्पन्न गरिएको छ । रगं रोगन क्लबका सदस्यहरुले नै गरेको संयोजक श्रेष्ठले जानकारी दिनुभयो । रंग रोगनका लागि   तिरुपती पेन्टस्, रत्ननगरले बीस हजार रुपैयाँ बराबरको रंग उपलब्ध गराएको थियो .
ईन्जीनियर गुणेश्वर महतोका साथै पूर्व अध्यक्ष रोहितकुमार श्रेष्ठ, सुमनकुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष सञ्जय श्रेष्ठ लगायत सदस्यहरूको उपस्थिति रहेको कार्यक्रममा विद्यार्थीहरूको चित्रकलाप्रतिको रुचि र हातधुने कलाको विकास भएकोमा क्लबका निर्वा्चित अध्यक्ष रमेश पौडेलले खुशी व्यक्त गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर गुरुङले विद्यालयको भौतिक विकासका साथै विद्यार्थीहरूको स्वास्थ्य एवम् बौद्धिकस्तर उकास्न नारायणगढ रोटरी क्लबले गरेको कार्य प्रशंसनीय रहेको बताउनुभयो । क्लबका संस्थापक अध्यक्ष  निरञ्जन प्रधान प्रमुख अतिथी रहनुभएको सो कार्यक्रमहरूले विद्यालयलाई निकै लाभ पुगेको प्रधानाध्यापक प्रेमबहादुर बरालले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस