आज पनि निफ्राको शेयर मूल्यमा सकारात्मक सर्किट, सोमवार प्रतिकित्ता ६६० पुग्यो

सफल खबर संवाददाता

सोमबार, १० फागुन २०७७, १२ : २१
आज पनि निफ्राको शेयर मूल्यमा सकारात्मक सर्किट, सोमवार प्रतिकित्ता ६६० पुग्यो

काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर मूल्य सोमवार पनि १० प्रतिशतले वृद्धि भएको छ। सोमवार  कम्पनीको शेयर मूल्य प्रतिकित्ता ६६० पुगेको छ। कम्पनीको शेयर मूल्य दोस्रो बजारमा कारोबारमा आएकै दिनदेखि नै १० प्रतिशतका दरले वृद्धि हुँदै आएको छ।

उक्त कम्पनीको शेयरमा विक्रेताभन्दा खरीदकर्ता धेरै भएकाले शेयर मूल्यमा वृद्धि भएको हो। मार्केट डेप्थमा कम्पनीको खरीद अर्डरमा ११ लाख १४ हजारभन्दा बढी रहेको छ भने विक्रेता एउटा पनि छैनन्।

कारोबार भएको उक्त अवधिसम्ममा कम्पनीको सार्वधिक शेयर खरीदविक्री भएको छ। २० करोड ७ लाख १७ हजार बराबरको शेयर खरीदविक्री भएको हो।

नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राको बजार पुँजीकरण १३२ अर्ब पुगेको छ ।

आज कारोबार सुरु भएको केहि समयमै सकरात्मक सर्किट लागेसँगै यस कम्पनीको शेयर पूँजीकरण १३२ अर्ब पुगेको हो। गत साता बाट नेप्सेमा कारोबार थालेको यस कम्पनीको शेयर मुल्यमा सातौ दिन सकारात्मक सर्किट लागेको छ।

आज यस कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर ६६० रुपैयाँमा कारोबार भइरहेको छ। बैंकले यस अघि माघ २ देखि सर्वसाधारणको लागि आईपिओ निष्काशन गरेको थियो।

प्रतिक्रिया दिनुहोस