सुतिरहेका आमाछोरीमाथि  धारिलो हतियार प्रहार, एकजना पक्राउ

सफल खबर संवाददाता

सोमबार, १० फागुन २०७७, ११ : ३०
सुतिरहेका आमाछोरीमाथि  धारिलो हतियार प्रहार, एकजना पक्राउ

सिन्धुली । सिन्धुलीमा आमा छोरीमाथि धारिलो हतियार प्रहार गरेर घाइते बनाएको अभियोगमा एक जना पक्राउ परेका छन् ।

धारिलो हतियार प्रयोग गरी घाइते बनाएको आरोपमा सिन्धुलीको कमलामाई नगरपालिका १० दोभानका प्रमोद कुमार सिंह महतोलाई प्रहरीले पक्राउ गरेको हो ।

ती व्यक्तिले घरमा सुतिरहेको अवस्थामा ५५ वर्षीया हरिमाया घिमिरे उनकी २६ वर्षीया छोरी दुर्गामायामाथि गएराति १२ बजे  सुतिरहेको अवस्थामा  धारिलो हतियार प्रहार गरेको प्रहरीको आरोप छ ।

घाइते आमाछोरीलाई उपचारका लागि धनुषास्थित जनकपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस