समाचार सेवा प्रदायक संस्थाले जहिले पनि समाचारको विश्वसनियता र एकरुपतामा ध्यान दिनुपर्छ

सफल खबर संवाददाता

शुक्रबार, ०७ फागुन २०७७, १४ : ५५
समाचार सेवा प्रदायक संस्थाले जहिले पनि समाचारको विश्वसनियता र एकरुपतामा ध्यान दिनुपर्छ

काठमाडौं । राष्ट्रिय समाचार समितिले शुक्रबार आफ्नो स्थापनाको ६ं० औ बर्षगाठ मनाएको छ । राष्ट्रिय समाचार समिति समाचार सेवा प्रदायक संस्था भएपनि सरकार नियन्त्रित छ । पछिल्लो समय नेपाली संचार क्षेत्रमा समाचार सेवा दिनेगरी राससको विकल्पमा न्यूज एजेन्सी नेपालले काम गर्दे आएको छ । समाचार सेवा प्रदायक संस्थाले जहिले पनि समाचारको विश्वसनियता र एकरुपतामा ध्यान दिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । उनीहरुले राज्यद्धारा सञ्चालित वा निजी क्षेत्रबाट सञ्चालित दुवै समाचार सेवा प्रदायक संस्थाहरुबाट उत्पादित सामाग्री निश्पक्ष अनि विश्वसनिय हुनुपर्ने धारणा राखेका छन् । विभिन्न सञ्चार माध्यमको वृद्धि संगै एउटै कार्यक्रमका भिन्न भिन्न कोणका समाचारले सर्वसाधरण भ्रमित हुनेगरेको भन्दै उनीहरुले समाचारको विश्वसनियता तथा सत्यताका लागि न्यूज एजेन्सीहरुको भूमिका प्रभावकारी र महत्वपूर्ण रहेको बताए ।

बरिष्ठ पत्रकार भैरव रिसालले समाचार सेवा प्रदायक संस्थाले कसैको पक्षमा वकालत नगरि राज्य र जनता दुवैको विश्वास आर्जन गर्ने गरि सेवा दिनुपर्ने बताए । समाचार एजेन्सीहरुको मुख्य चुनौति नै जनता र सरकार दुवैको विश्वास जित्नु भएको उनले बताए । उनले “यसले कसैको पक्ष लाग्न हुदैन । यसले सरकार र जनतालाई बराबर हेर्नुपर्छ । दुवैलाई तातो काखमा राख्नुपर्छ । यसले सरकारमात्रै हेर्दा जनता पछि पर्छ । जनतालाई मात्रै हेर्दा सरकारले खर्च गरेर आफ्नो संस्था भनेको छ । यसैले दुवैको विश्वास आर्जन गर्नु नै मुख्य चुनौति हो । दुईवटैको विश्वास आर्जन गर्न सक्ने योग्यता र क्षमता हुनुपर्यो । ”

वरिष्ठ पत्रकार एकराज पाठकले समाचार एजेन्सीलाई संसारका कतिपय मुलुकहरुमा ‘ट्रष्ट’ र ‘अभावमा उपस्थिति’ को रुपमा न्युज एजेन्सीहरुलाई लिने गरिएको दृष्टान्त दिदै निश्पक्ष र सूचनामा एकरुपताका लागि न्युज एजेन्सीहरुको भूमिका महत्वपुर्ण रहेको बताए । एउटै इभेन्टमा समाचार फरक फरक कोणमा आउँदा सर्वसाधरण अन्यौल हुनुपर्ने अवस्था श्रृजना भएको भन्दै उनले सूचनामा एकरुपता ल्याउनका लागि एजेन्सीहरुमा समाचारले सहयोग पुर्याउने बताए।

उनले “मानौ कुनै एउटा पत्रिकामा, कुनै एउटा अनलाईनमा ,कुनै एउटा टेलिभिजनमा कुनै एउटा रेडियोमा एउटै इभेण्टको फरक फरक किसिमका सुचनाहरु आए जनताले के पत्याउनु ? युनिफर्रमिटि अफ इन्र्फमेसन सुचनाको एकरुपता । जहाँ कन्फ्युजन हुन्छ त्यहाँ न्यूज एजेन्सीको उपस्थिति हुनुपर्छ । दुविधा भयो । नागरिकले यो पत्याउने कि उ पत्याउने भन्ने भयो । त्यस्तो बेला सही यो हो भनेर जनतालाई भन्नका लागि त्यो सूचनाको एकरुपताका लागि अथेन्टीक समाचारका लागि समाचार एजेन्सीको आवश्यकता पर्छ । त्यो जनतालाई पनि पर्छ । सरकारलाई पनि पर्छ । सरकारले कुनै एउटा रिलिज निकाल्नुपर्यो । कुनै एउटा नया जानकारी तत्काल मासमा पठाउनुपर्यो । कुनचाहीलाई दिनु ? न्युज एजेन्सीलाई दिईसकेपछि त्यो सबै तिर एकैपटक जान्छ । त्यसको प्रभावपनि सेवा प्रदायक संस्थाको रुपमा राज्यले गर्ने सुचना सम्प्रेषणको राज्यको सहयोगीको रुपमा समाचार एजेन्सीले  काम गर्दा र गराउँदाखेरी त्यो बढी प्रभावकारी देखिन्छ । ”

नेपालको एक मात्र निजी क्षेत्रको समाचार सेवा प्रदायक संस्था न्युज एजेन्सी नेपालकी अध्यक्ष कृष्णा पौडेलले समाचारको विश्वसनियता र एकरुपताका लागि न्युज एजेन्सीका समाचारको महत्व रहेको बताउनुभयो । समाचार सेवा प्रदान गर्दा एजेन्सीले हरबखत तटस्थतालाईलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा उनले जोड दिए ।
उनले भने “ एजेन्सीहरुले तटस्थतालाई पहिलो प्राथमिकतामा राखेर सत्यतथ्य समाचार सम्प्रेषण गर्ने गरेका छन । त्यसैले ती समाचारहरुमा विश्वसनियता र एकरुपता हुन्छ । त्यसैले समाचार सेवा प्रदायक संस्थाले दिने समाचारहरु विश्वसनियता र एकरुपताको दृष्टिकोणबाट महत्वपुर्ण मानिन्छ । ”

राष्ट्रिय समाचार समितिका पुर्व प्रबन्धक श्रीराम सिंह बस्नेतले समाचार सेवा प्रदायक संस्थाहरुले आफुलाई तटस्थ राखि सन्तुलित समाचार सम्प्रेषण गर्नुपर्ने आवश्यकता औल्याए । उनले न्युज कसले छिटो उनले “समाचार प्रदायक संस्थाहरुले फलो गर्नुपर्ने मुल सिद्धान्त भनेको स्पीड एण्ड एक्युरेसी हो । स्पीड पनि हुनुपर्यो । एक्युरेसी पनि हुनुपर्यो । एक्युरेसीमा चाही हामी कता कता ल्याकिङ छौ । तर अहिले स्पीडमा तदारुकता देखिन्छ । एक्युरेसीमा जुन परर्फेक्टनेस देखिनुपर्ने त्यो देखिएको छैन । स्पीडमा कसले न्युज छिटो ब्रेक गर्ने भन्ने भईरहेको छ ।

व्यवसायीक पत्रकारिताको इथिक्सअनुसार कन्टेनमा पनि सन्तोष गर्न सक्ने ठाउँ छैन । कन्टेन बायसनेस आईरहेको छ । स्टेटरन मिडियाको कन्टेन एककिसिमको छ । नीजि क्षेत्रको मिडियाको अर्को किसिमको छ । अहिले सर्वसाधरण पाठकमा गर्भरमेण्ट मिडियाले भनेको कुरा ठिक हो कि प्राईभेट मिडियाले भनेको ठिक हो भनेर ठ्याक्क छुट्याउन नसकिने अवस्था छ । गभरमेण्ट मिडियाको कन्टेन पोजेटिभ पोजेटिभ देखिन्छ भने प्राइभेट मिडियाको कन्टेन हेर्दा नेपाल त खतमै भईससक्यो । ध्वस्तै छ भन्ने देखिन्छ ।

गभरमेण्ट मिडिया हेर्दा एकदमै पोजेटिभ अनि प्राइभेट मिडिया एकदमै नेगेटिभ इमेज देखिन्छ । ती दुवै अर्थसत्य मात्रै हुन् मेरो बुझाईमा । प्राईभेट मिडिया र गभरमेण्ट मिडिया सत प्रतिशत सही छैनन् । प्राईभेट मिडियामा पनि पोजेटिभ दिन सक्ने कुराहरु पनि नदिएको कयौ उदाहरण छन् । गर्भरमेण्ट मिडियामा पनि राज्यका कमिकमजोरीहरु उजागर गर्न नसकेको अवस्था न्युटल पाठकले प्रष्ट बुझ्छ । कन्टेनको इम्पार्सियालिटीमा पछाडि छौ । स्पीडमा अगाडि देखिएपनि एक्युरेसीमा धेरै कुरा सुधार गर्नुपर्ने छ । ”
उनले समाचार सेवा प्रदायक संस्थाहरुले समाचार सामाग्री निर्माण गर्ने सन्र्दभमा आफुलाई सधै निश्पक्ष राख्नुपर्नेमा जोड दिए । 

प्रतिक्रिया दिनुहोस