सपना रोका मगरलाई धम्क्याउने विनयजंग बस्नेत पक्राउ

पत्रपत्रिकाबाट

बुधबार, ०५ फागुन २०७७, ०७ : ५६
सपना रोका मगरलाई धम्क्याउने विनयजंग बस्नेत पक्राउ

काठमाडौं । काठमाडौंमा बेवारिसे शव जलाउँदै आएकी सपना रोका मगरलाई अभद्र व्यवहार गरेको आरोपमा विनयजंग बस्नेत पक्राउ परेका छन् ।
बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना र बस्नेतले बेवारिसे शव जलाउँदै आएका थिए ।

सपनाले आफुमाथी बस्नेतले अभद्र व्यवहार गरेको भन्दै जाहेरी दिएकी थिइन्। सपनाको जाहेरीको आधारमा उनलाई नयाँ वसपार्क क्षेत्रबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका एसएसपी अशोक सिंहले बताए। बस्नेतले सपनालाई विभिन्न माध्यमबाट धम्की दिएका थिए। नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस