वसन्त पन्चमीमा किन छेडिन्छ नाक–कान ?

पत्रपत्रिकाबाट

बुधबार, ०५ फागुन २०७७, ०७ : २५
वसन्त पन्चमीमा किन छेडिन्छ नाक–कान ?

काठमाडौं । वसन्त पञ्चमीका दिन काठमाडौँको बाङ्गेमुढा भेडासिंस्थित गहना पसलमा नाक छेड्ने र फुली लगाउनको चहलपहल बढी देखिन्थ्यो । गाउँघरमा नागफिनी काँडाले नाक–कान छेड्ने चलन भए पनि अचेल मेसिनले नै नाक–कान छड्ने प्रचलन बढ्दो छ ।

श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमीका दिनलाई अक्षराम्भ गराउने दिनका रूपमा लिइन्छ । यस दिन शैक्षिक संस्था तथा शिक्षासँग सम्बन्धित सबै सामग्रीको पूजा गर्नुका साथै सरस्वतीको प्रार्थना पनि धूमधामले गरिन्छ । यसै दिन नाक– कान छेड्न उत्तम मान्ने गरिन्छ । 

नेपाली समाजमा यस दिन विवाह, व्रतबन्धलगायतका शुभकार्यका लागि साइत हेर्नु नपर्ने परम्परा रहेको छ । क्षेत्रपाटीकी रुवि राणाले राम्रो साइत हुने विश्वासका साथ आफ्ना जुम्ल्याहा छोरी उसाङ्गी र शिवाङ्गीको नाक छेड्न ल्याएको बताइन् । 

त्यसैगरी उडुषा लामाले पनि राम्रो साइत हुन्छ भन्ने विश्वासले श्रीपञ्चमीको दिन आफ्नी छ महिनाको नानीलाई कान छेडाउन ल्याएको बताइन् । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस