भारतीय मुख्यमन्त्रीको अभिव्यक्तिमा नेपालले जनायो आपत्ति

पत्रपत्रिकाबाट

बुधबार, ०५ फागुन २०७७, ०६ : ५१
भारतीय मुख्यमन्त्रीको अभिव्यक्तिमा नेपालले जनायो आपत्ति

नेपाल सरकारले भारतका एक जना मुख्यमन्त्री विप्लव देवको भनाइप्रति कडा आपत्ति जनाएको छ ।

भारतस्थित त्रिपुराका मुख्यमन्त्री विप्लव देवले भारतीय जनता पार्टीले नेपालमा समेत आफ्नो सरकार गठन गर्ने तयारी गरेको अभिव्यक्तिप्रति नेपाल सरकारले आपत्ति जनाएको हो । 

उनले अमित शाहको नाम लिँदै सो अभिव्यक्ति दिएका थिए ।  यस विषयमा नेपाल सरकारले औपचारिक रूपमै आपत्ति जनाइसकेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।  

सो अभिव्यक्तिबारे सरकारले आपत्ति जनाएको उनको भनाइ छ । सामाजिक सञ्जालमा त्यससम्बन्धी समाचार जोड्दै एक व्यक्तिले यस विषयप्रति चासो राख्दै जनाउ दिएका थिए ।

मन्त्री ज्ञवालीले त्यस सम्बन्धमा नेपाल सरकारले औपचारिक रूपमै त्यस अभिव्यक्तिप्रति आपत्ति जनाएको जवाफ फर्काएका हुन् । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस