पासपोर्ट र नोट नछाप्ने सेक्युरिटी प्रेस किन्दै सरकार

पत्रपत्रिकाबाट

सोमबार, ०३ फागुन २०७७, ०७ : ४५
पासपोर्ट र नोट नछाप्ने सेक्युरिटी प्रेस किन्दै सरकार

काठमाडौं । अर्थ मन्त्रालयले बहुबर्षीय ठेक्काको स्वीकृति नदिएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तरगतको सुरक्षण मुद्रण केन्द्रले पासपोर्ट र नोट नछाप्ने सामान्य खालको सेक्युरिटी प्रेस किन्न बोलपत्र आह्वान गरेको छ ।

नोट र पासपोर्ट जस्ता संवेदनशील कागजपत्र छाप्न सक्ने अत्याधुनिक सुरक्षण मुद्रण खरिद गर्न बहुवर्षीय ठेक्काका लागि केन्द्रले गतवर्ष अर्थसँग स्वीकृति माग गरेको थिया् । 

तर अर्थबाट सो स्वीकृति नपाएपछि सरकारी कागजपत्र मात्रै छाप्न मिल्ने गरी प्रेस किन्न लागिएको केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले जानकारी दिए । कान्तिपुर दैनिकमा यो खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस