कोरोना संक्रमणबाट बेलायतमा मृत्यु हुनेको संख्या १ लाख १७ हजार

पत्रपत्रिकाबाट

सोमबार, ०३ फागुन २०७७, ०७ : ४३
कोरोना संक्रमणबाट बेलायतमा मृत्यु हुनेको संख्या १ लाख १७ हजार

एजेन्सी । बेलायतमा  कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख १७ हजार नाघेको छ  । जसमा कोरोना संक्रमण पुष्टि भएको २८ दिनभित्र मृत्यु हुनेहरु पर्दछन्  ।

आइतबार सार्वजनिक तथ्याँक अनुसार पछिल्लो २४ घन्टामा थप २५८ जना संक्रमितको मृत्यु भएको छ । यो संख्या धेरै पछिको सबैभन्दा कम मृतक संख्या हो । यससंगै बेलायतमा कोरोनाका मृतक संख्या एक लाख १७ हजार १६६ पुगेको छ ।

यसैगरि बितेको २४ घन्टामा थप १० हजार  जना नयां संक्रमित थपिएको स्वास्थ्य विभागले जानकारी दिएको छ । संक्रमित संख्या पनि निकै समयपछि दश हजारमा झरेको हो । बेलायतमा आकुल संक्रमितको संख्या ४० लाख ३८ हजार ७८ पुगेको छ ।

संक्रमण दरमा कमी आएसंगै बेलायतका अस्पतालमा उपचार गराउनेको संख्या पनि घटेको स्वास्थ्य विभागले जनाएको छ । हाल बेलायतको अस्पतालमा २३ हजार ३४१ जनाको उपचार भइरहेको छ भने दुई हजार ९४३ जना कोरोना संक्रमितको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस