दाङमा अनौठो समीकरण : अध्यक्षमा ओली र प्रचण्ड माधव समूहका चालिसे विजयी

सफल खबर संवाददाता

आइतबार, ०२ फागुन २०७७, १० : ०९
दाङमा अनौठो समीकरण : अध्यक्षमा ओली र प्रचण्ड माधव समूहका चालिसे विजयी

काठमाडौं । दाङको तुलसीपुर उद्योग वाणिज्य संघमा अनौठो समीकरण बनेको थियो । नेकपाको ओली समूह र प्रचण्ड माधव समूहको समीकरण बनेको थियो । सोही समीकरणका आधारमा केपी ओली र प्रचण्ड माधव समूहको संयुक्त प्यानलबाट अध्यक्षमा उम्मेदवारी दिएका रामप्रसाद चालिसे विजयी भएका छन् ।

नेकपा देशभर विभाजित अवस्थामा पुगेको बेला तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचनमा भने ओली र प्रचण्ड माधव समूह एउटै कित्तामा उभिएर प्रजातान्त्रिक पक्षलाई हराएका थिए ।  निर्वाचित चालिसेले ८२९ मत पाए । उनले प्रजातान्त्रि पक्षबाट उम्मेदवार दिएका  प्रत्यासी हिमाल बस्नेतलाई ३४ मतले हराए । यसैगरी वाणिज्य उपाध्यक्षमा तत्कालीन माओवादी निकट मिनराज भण्डारी र खुला उपाध्यक्षमा तत्कालीन एमाले निकट रुपबहादुर खत्री विजयी भएका छन् ।

उद्योग उपाध्यक्ष पदमा भने प्रजातान्त्रिक प्यानलका ललितजंग शाह विजयी भएका छन् । उनले ८६० मत पाए । उनका निकटतम प्रतिस्पर्धी यज्ञबहादुर केसीले ७ सय १८ मत पाए । वाणिज्य उपाध्यक्ष निर्वाचित तत्कालीन माओवादी निकट भण्डारीले ९७१ मत पाएका छन् । उनका प्रतिस्पर्धी गोकर्ण गिरीले ६०३ मत पाए ।

खुला उपाध्यक्षमा निर्वाचित तत्कालीन एमाले निकट रुपबहादुर खत्रीले ८५६ मत पाए । उनका प्रतिस्पर्धी तुलसीराम न्यौपानेले ६९२ मत पाएका छन् ।महासचिव विनिल केसी १ हजार ५० मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी केशवराज केसीले ५०७ मत ल्याए । विनिल र केशवराज दुवै प्रजातान्त्रिक समूहबाट उम्मेदवारी दिएका थिए ।.सचिवमा खुसलराम शर्मा ६२२ मतसहित विजयी भएका छन् । कोषाध्यक्ष पदमा देवबहादुर केसी १ हजार ५५ निर्वाचित भएका छन् । 

प्रतिक्रिया दिनुहोस