आज ‘भ्यालेन्टाईन डे’ : विश्वभर प्रेम साटासाट गरी यो दिवश मनाइँदै

सफल खबर संवाददाता

आइतबार, ०२ फागुन २०७७, ०९ : १३
आज ‘भ्यालेन्टाईन डे’ : विश्वभर प्रेम साटासाट गरी यो दिवश मनाइँदै

काठमाडौं । आज १४ फेब्रुअरी अर्थात् भ्यालेन्टाइन्स डे, नेपालसहित विश्वभर एक अर्काप्रति प्रेम साटासाट गरी मनाइँदैछ । हरेक वर्ष १४ फेब्रुअरीका दिन प्रेमीप्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व साटासाट गरी प्रणय दिवस मनाउने गरिन्छ ।

विशेषगरी युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने पर्वको रुपमा प्रणय दिवस मनाइन्छ । यस दिन युवायुवतीले प्रेमको प्रतीक रातो गुलाबको फूल उपहार दिएर प्रेमभाव साटासाट गर्दछन् । युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा युवायुवतीहरुले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा लिने गरेका छन् ।

पछिल्ला वर्षहरुमा प्रणय दिवसका नाममा विकृति बढ्न थालेको टिप्पणी पनि हुँदै आएको छ । प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको बताइन्छ । यो दिवस अहिले विश्वभर चर्चित छ । भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा प्रत्येक वर्षको १४ फेब्रुअरीमा भ्यालेन्टाइन्स डे मनाउने गरिएको छ । केही वर्ष अघि सम्म नेपालमा सामान्य रुपमा मनाईने यो दिवश अहिले युवायुवतीका माझ निकै लोकप्रिंय बन्दै गएको छ ।

प्रायःजसो युवाहरुले यो दिवश आफ्नो प्रेमिकासंग फुल एक आपसमा आदानप्रदान गरि मनाउदैं आएका छन् । दिवशकै सन्दर्भ पारेर पारेर युवायुवतीको जोडी विभिन्न पार्क, मन्दिरहरु देखिने गरेका छन् । यो हाम्रो आफ्नो परम्परा नभएर आयातित भएका भन्दै यसको विरोधम पनि नभएको होईन, तर युवाहरुले यसलाई परम्परा झैं अचेल मान्न थालेका छन् । 

प्रतिक्रिया दिनुहोस