काठमाडौं । भूमिहीन तथा सुकुम्बासीलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने गरी भरतपुर महानगरपालिकासहित स्थानीय सरकारहरूले प्रक्रिया सुरु गरेका छन् । ३७ हजारभन्दा बढीलाई जग्गाधनी पुर्जा दिने गरी चितवनका सातवटै स्थानीय सरकारले आफ्नो स्थानीय तहभित्र रहेका भूमिहीन तथा सुकुम्बासीको लगत सङ्कलन सुरु गरेका हुन् ।
रत्ननगर नगरपालिकाको भूमिहीन तथा सुकुम्बासीको लगत सङ्कलन समितिका संयोजक अर्जुन पङ्गेनीले छ महिनाभित्रै भूमिहीनलाई लालपुर्जा दिने गरी काम भइरहेको बताए । “भूमिहीनहरूलाई जग्गा धनीपुर्जा उपलब्ध गराउने गरी हामीले लगत सङ्कलनको पहिलो चरणको काम सकेका छौँ, अब वडाबाट प्रमाणित गराएर नाप नक्सा निकाल्ने काम सुरु गर्दै छौँ”, उनले भने ।
रत्ननगरमा भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्ने परिवारको सङ्ख्या दुई हजार ४५० रहेको नगरपलिकाले जनाएको छ । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०२ फागुन २०७७, ०७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जग्गा प्राप्तिका लागि काभ्रेका तीन हजार भूमिहीनको आवेदन
खानीखोलाका भूमिहीनलाई जग्गा प्रदान गर्ने तयारी